२०८२ भाद्र ६ | Aug 22, 2025

सर्लाहीमा टिपरको ठक्करबाट युवकको मृत्यु, स्थानीद्वारा टिपरमा आगजनी

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १२

सर्लाही । सर्लाहीको कबिलासमा टिपरले साइकललाई ठक्कर दिंदा साइकलमा सबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको कबिलासी नगरपालिका–८ अगर्वा बस्ने २० वर्षीय सचिन साह (गुप्ता) रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सर्लाही लालबन्दी नगरपालिका–५ मेजरगंजस्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको ना२क ५०१ नम्बरको टिपरले हिजो राति (बुधबार) ८ बजेतिर युवकलाई ठक्कर दिएको थियो ।

घटनापश्चात् सचिनलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापश्चात् टिपर चालक फरार छन् । चालक फरार भएपनि आक्रोशित बनेका स्थानीय टिपरमा आगजनी गरेका छन् । आगजनी पश्चात् टिपर पूर्ण रुपमा जलेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले यसबारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया