|
|
२०८२ असार १२
306 views
ललितपुर - ललितपुर । आज साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्सेमा झिनो अंकटको गिरावट आएर बन्द भएको छ । आज नेप्से परिसूचक ०.५० अंकले घटेको छ ।
बुधबार अर्थात् अघिल्लो दिनको कारोबारमा ०.३३ अंक घटेर २६००.२० विन्दुमा बन्द भएको नेप्से, विहीबार भने सोही सेसनमा ०.५० अंक घटेर २५९९.६९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४१ अंक घटेको छ।
आजको प्रि ओपन सेसनमा ३० स्टकको ९९ पटकको कारोबारमा ३ करोड ६७ लाख १७ हजार ३४९ रुपैयाँ ५० पैसाबराबरको ७६ हजार ५०६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ।
बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

बिजनेस पाटी