२०८२ आश्विन १६ | Oct 02, 2025

शिक्षा समितिको बैठकको समय सारियो

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १२
|
102 views

ललितपुर । प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक आज १ बजे बस्ने भनिएको बैठकको समय सारिएको छ । बिहीबार दिउँसो १ बजेका लागि तय भएको उक्त बैठक २ घण्टा पछाडि सारिएको छ । बैठक आजै दिउँसो ३ बजेसम्मका लागि सारिएको हो ।

समितिको बैठक विद्यालय शिक्षा विधेयकको विवादित विषयमा सहमति जुटाउने प्रयासस्वरुप सारिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि समितिले शुक्रबार अर्थात् असार १३ सम्म विधेयक पारित गर्ने र प्रतिनिधिसभामा पठाउने तयारी गरेको छ । समितिको अनुसार अनुसार, विधेयकमा बाँकी रहेका केही विषय आज र भोलि बैठक बसेर टुङ्ग्याउने तयारी रहेको छ ।

हिजो दिनभर जसो सहमति जुटाउने प्रयास भइरह्यो । बुधबार विधेयकको विवादित विषयमा सहमति जुटाउन परामर्श समन्वय उपसमितिको बैठक बसेको थियो । उक्त समितिले विवादित विषयलाई साँघुरो बनाउँदै लगेको जनाएको छ । समिति सदस्यहरूको मतमा समानता भएको खण्डमा छलफल टुंगिने र असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने शिक्षा समितिको तयारी रहेको छ । समितिबाट पास भएपछि यो विधेयक प्रतिनिधिसभामा जान्छ ।

यो विधेयक प्रतिनिधिसभाले पास गरे पछि फेरि राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभामा पनि प्रतिनिधिसभामा जस्तै संसदीय प्रकिया पूरा गरेर अगाडि बढ्छ । राष्ट्रिय सभाबाट पास भएपछि पुनः प्रतिनिधिसभाममै आउँछ । त्यसपछि राष्ट्रिय सभाले गरेको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । सो पश्चात् विधेयक राष्ट्रपति समक्ष पुग्ने र राष्ट्रिपतिले प्रमाणीकरण गरेपछि बल्ल विधेयक ऐनमा रुपान्तरित हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया