२०८२ भाद्र ६ | Aug 22, 2025

हिमालयन लाइफ इन्स्योरेन्सको १८ औँ साधारणसभाबाट ८ प्रतिशत नगद लाभांश पारित

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १२

ललितपुर । हिमालयन लाइफ इन्स्योरेन्सको १८ औंँ वार्षिक साधारणसभाले ८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको आज मंगलवार सम्पन्न भएको १८ औं बार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

असार १० गते बसेको साधारणसभाले कम्पनीको वितरणयोग्य संञ्चित मुनाफाबाट चुक्ता पूंजी रु. ९,१४,३२,३७,३०६।– को ८ प्रतिशत को दरले हुने रु. ७३,१४,५८,९८४.४८ नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत प्रदान गरेको छ ।

यसैगरी सभाले संचालक समितिको आ.व. २०८०/८१ को बार्षिक प्रतिवेदन, कम्पनीको आ.व.२०८०/८१ को अवधिको लागि NFRS बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा÷नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु समेत स्वीकृत गरेको छ ।

त्यस्तै सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आ.व. २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरेको छ भने संचालक समितिको सिफारिस बमोजिम आ.व. २०८१÷८२ को लागि बाह्य लेखापरीक्षकमा लेखापरीक्षक एस.सि.लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्टलाई नियुक्ति गरेको छ ।

त्यसैगरी कम्पनीको प्रस्तावित बिषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०८०/८१ मा भएको खर्चको समेत अनुमोदन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया