२०८२ असार १३

ललितपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ । आज साँझ ६ बजे नतिजा प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
आज दिउँसो बसेको परीक्षा बोर्डको बैठकले साँझ ६ बजे नतिजा प्रकाशन गर्ने तयारी गरेको जानकारी प्राप्त भएको छ ।
गत चैत ७ गतेदेखि सञ्चालन भएको २०८१ को एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया