२०८२ असार १३

ललितपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । यो पटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नतिजामा केही ढिलाइ भएको छ । यसवर्षको एसइईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए । गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन् । गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।
एसईई–२०८१ को नतिजासम्बन्धी विवरण SMS, IVR,, तथा WEBSITE बाट प्रकाशन हुने बोर्डले जनाएको छ ।
नतिजा सार्वजनिक भएलगत्तै, वेबसाइटहरूमा सम्पूर्ण विवरण (ग्रेडसिट) अपलोड हुन केही समय लाग्ने बताइएको छ । अन्य सूचनामा प्रकाशित वेबसाइटहरूबाट भने प्राप्त जिपीए (GPA) मात्र तुरुन्तै हेर्न सकिनेछ । नतिजा हेर्दा आधिकारिक स्रोतहरूमा भर पर्न बोर्डले अनुरोध गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया