२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको प्रबन्ध सञ्चालक तथा सीईओमा सन्तोष कुमार भण्डारी नियुक्त

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १४
|
357 views

ललितपुर । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत  पदमा सन्तोष कुमार भण्डारी नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको मिति २०८२ असार १३ गते बसेको ७१औं बैठकले भण्डारीलाई सोही मितिदेखि लागू हुने गरी प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा १६ वर्षभन्दा बढीको कार्य अनुभव सँगालेका भण्डारी यसअघि नेपाल एसबिआई बैंक लिमिटेडमा विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेका थिए। उनले बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख र लेखा परीक्षण विभाग अधिकृतको रूपमा कार्य गर्नुभएको थियो। कम्पनीले उनलाई स्रोत तथा साधनको उच्चतम परिचालन तथा व्यवस्थापन गर्न सक्ने कुशल नेतृत्वका रूपमा लिएको छ।

नेपाल एसबिआई बैंक लिमिटेडको शत प्रतिशत स्वामित्वमा रहेको यस मर्चेण्ट बैंकिङ्ग कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभुतिकर्ता, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापक, संस्थागत परामर्शदाता लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया