२०८२ भाद्र ६ | Aug 22, 2025

नेकपा (एमाले) मा गुटबन्दी अन्त्य हुनुपर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १४

गोदावरी (कैलाली) नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा सुदूरपश्चिम प्रदेश प्रमुख लेखराज भट्टले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । मदन भण्डारी फाउन्डेसनले आज सुखडमा ‘जनतासँग जबजको सान्दर्भिकता’ विषयमा आयोजना गरेको विचारगोष्ठीमा उहाँले पार्टीभित्रको गुटबन्दी अन्त्य हुनुपर्ने र एकता कायम गर्नुपर्नेमा बताउनुभयो । उहाँले एमाले कमजोर हुँदा देश विकासका गतिविधि प्रभावित हुने बताउनुभयो । सचिव भट्टले भन्नुभयो, “हामीले जनताको बहुदलीय जनवाद भनिरहेका छौँ तर त्यसलाई व्यवहारमा उतारेका छौँ या छैनौँ समीक्षा गर्नुपर्ने बेला भएको छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया