|
|
२०८२ असार १५
255 views
ललितपुर - ललितपुर । आज साताको पहिलो कारोबार आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचकमा १ अंकको गिरावट आएर बन्द भएको छ।
गत विहीबार अर्थात् अघिल्लो कारोबार दिन ४.४५ अंक घटेर २५९५.७४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८० अंक घटेर २५९४.९४ विन्दुमा झरेको छ। सोही सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२८ अंक घटेको छ।
आज प्रि ओपन सेसनमा ३४ स्टकको ३ करोड ७० लाख ७४ हजार ७३९ रुपैयाँ ३० पैसाबराबरको ५८ हजार ७८९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ।

बिजनेस पाटी