२०८२ आश्विन १६ | Oct 02, 2025

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध कायमै

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १५
|
51 views

काठमाडौँ । आजको प्रतिनिधिसभाको बैठकमा दुई दलले विरोध जारी राखेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले औपचारिक रुपमा बैठक सुरु भएको जानकारी गराउनासाथ यी दुई पार्टीका सांसदहरू उठेर विरोध गरेका हुन् ।

विरोध पश्चात्रा प्रपाका सांसदहरू बैठक छाडेर निस्किएका छन् ।

आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया