२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः ५.६४ अंकले बढ्यो नेप्से

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १६
|
255 views

ललितपुर । आज साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.६४ अंकले बढेर बन्द भएको छ।

आइतबार अर्थात् अघिल्लो कारोबार दिन नेप्से २६.५३ अंक बढेर २६२२.२८ विन्दुमा बन्द भएको थियो । तर सोमबार सोही सेसनमा ५.६४ अंक बढेर २६२७.९३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०५ अंक बढेको छ।

आजको प्रि ओपन सेसनमा ५० स्टकको ८४ पटकको कारोबारमा ४८ लाख ४९ हजार २७६ रुपैयाँबराबरको ८ हजार ५२९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया