२०८२ आश्विन १६ | Oct 02, 2025

देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, उच्चसर्तकता अपनाउन महाशाखाको अनुरोध

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १६
|
204 views

ललितपुर । भारी वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् भने कञ्चनपुरका अधिकांश स्थानमा वर्षा अझै धेरै हुने बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । भारी वर्षाका कारण सो क्षेत्र भई बहने अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भू–भागमा बाढीको जोखिम रहेको महाशाखाले बताएको हो ।
आइतबार बेलुकी देखि परेको वर्षाले कञ्चनपुरको शान्तिपुर बेलौरी स्टेसनमा २६४.६ मिलिमिटर वर्ष मापन भएको छ । त्यस्तै, कृष्णपुर स्टेसनमा १८४ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाले सोमबार बिहान ११ः५० बजे एक सूचना जारी गर्दै मंगलबार बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न तथा जान अनुरोध गरेको छ।

वर्षापछि आएको पहिरोका कारणले उता कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सोमबार बिहानदेखि कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गतको कालीकोटको गगनेखोलादेखि हुम्म सडकखण्ड अवरुद्ध भएको हो ।

आइतबार रातिदेखिको अबिरल वर्षाको कारण गगने कर्णालीको खोलादेखि हुल्मसम्म धेरै ठाउँमा पहिरो गएका कारणले राजमार्ग अवरुद्ध भएको हो । “गाडी चल्न सक्ने अवस्था छैन, कर्णाली करिडोर सुरु हुने खुलालु जिरो प्वान्टमा खसेका ढुङ्गा पन्छाएर जेसिभी गगने खोलाको पहिरो हटाउन प्रयास भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया