२०८२ आश्विन १६ | Oct 02, 2025

शेयर बजारमा झिनो आशा : ४० मिनेटभित्र साँढे ५ अंकको सुधार

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १७
|
51 views

ललितपुर । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साँढे १ अंक बढेर बन्द भएको नेप्से करिव ४० मिनेटको अवधिमा साँढे ६ अंकको सुधार देखिएको छ ।

सोमबार अर्थात् अघिल्लो कारोबार दिन अर्थात् सोमबार ९.१९ अंक बढेर २६३१.४८ विन्दुमा बन्द भएको नेप्से, आज सोही सेसनमा १.५७ अंक बढेर २६३३.०५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४२ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३६ स्टकको ६१ पटकको कारोबारमा २५ लाख ८४ हजार ८७९ रुपैयाँ ६० पैसाबराबरको ४ हजार ५३६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी एक स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रि ओपन सेसनमा १.५७ अंकले बढेको नेप्से करिव ४० मिनेटको अवधिमा ५.६ं अंकले बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया