२०८२ आश्विन १६ | Oct 02, 2025

सभापति र सचिव दुवैले नैतिकताका आधारमा राजीनामा दिनु पर्छ : शाही

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १७
|
51 views

ललितपुर । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजबहादुर दुरा दुवै जनाले नैतिकताको आधारमा राजीनामा दिनु पर्नेमा राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर शाहीले जोड दिए । निजामति विधेयकमा राखिएको कुलिङ ‘पिरियड’मा अनधिकृत रुपमा परिवर्तन गरिनु सामान्य विषय नभएको भन्दै राज्य व्यवस्था समितिका सांसदहरूले आपत्ति जनाएका हुन्।

शाहीले भने, ‘नैतिकता छ भने राजीनामा दिएर अनुसन्धानमा सघाउनुहोस् । पदमा बसेर अनुसन्धान हुँदैन। यो राज्यविरुद्धको कसूर हो। जघन्य अपराध हो। किनभने राज्यको ऐन, नियम, कानुन बनाउने विषयमा समितिले पारित गरेको अर्कै छ। विधेयक पास हुन्छ अर्कै। यो अपराध हो, गलत गर्नेमाथि कडा कारवाही हुनुपर्छ।”

राज्य व्यवस्था समितिबाट निजामति कर्मचारीहरूले अवकास पश्चात् वा स्वेच्छाले राजीनामा दिएपछि अर्को स्थानमा नियुक्ति खान दुई वर्षे कुलिङ पिरियडको प्रावधान राखेको थियो। सोही व्यवस्थाअनुसार असार १५ गते प्रतिनिधिसभा बैठकमा उक्त विधेयक पारित भएको थियो। तर, त्यसलाई खण्डन गर्न सक्ने अर्को दफा समावेश गरेको भेटिएपछि विवाद सुरू भएको छ

सोही विषयमा केन्द्रित रहेर आज सभामुख देवराज घिमिरेसँगको छलफलपछि राप्रपाका सांसद एवम् समिति सदस्य ज्ञानेन्द्र बहादुर शाहीले समितिले पारित गरेको विषय अनधिकृतरुपमा परिवर्तन हुनु राज्यविरुद्धको कसूर भएको बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया