२०८२ असार १९

ललितपुर । नेपाली बजारमा पछिल्ला केही दिनदेखि सुनको मूल्य लगातार रुपमा बढेको छ । विही पनि सुनेको मूल्य प्रतितोला ४०० रुपैयाँका दरले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज बजारमा चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार १७० रूपैयाँमा किनबेच भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार १४५ रूपैयाँमा कारोबार भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया