
ललितपुरं । १० वर्ष अवधिको बन्दमुखी योजना अन्तरगत ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गतको नयाँ योजना ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाई सार्वजनिक निष्कासनमा ल्याउने भएको छ । कम्पनीले असार २२ गतेदेखि यो योजना निष्कासन गर्ने जनाएको छ ।
सस्तो, सुरक्षित र व्यावसायिक ढंगले लगानी गर्ने अवसरका रूपमा प्रस्तुत गरिएको यो योजना प्रारम्भमा एक अर्ब २० करोड रुपैयाँको कोष आकारबाट सुरु हुनेछ । माग बढी भएमा यो कोष आकारलाई २५ प्रतिशतसम्म बढाएर एक अर्ब ५० करोड रुपैयाँ पु¥याउन सकिने क्यापिटलले जनाएको छ ।
यस योजनाले इक्विटी तथा निश्चित आम्दानी साधनहरूमा सन्तुलित रूपमा लगानी गरी जोखिम व्यवस्थापन गर्दै दीर्घकालीन लाभ दिन उद्देश्य राखेको छ । योजना सुरु भएपछि प्राप्त मुनाफाबाट लाभांश वितरण गरिनेछ र बाँकी रकम पुनः लगानीमा प्रयोग गरिनेछ । कोष नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया