२०८२ फाल्गुन ६ | Feb 18, 2026

मन्जुश्री फाईनान्सद्वारा आरएम केडिया आँखा अस्पताललाई एसी सहयोग

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २२
|
306 views

ललितपुर। मन्जुश्री फाईनान्सले विरगंज शाखा मार्फत आरएम केडिया आँखा अस्पताललाई दुई थान एसी सहयोग स्वरुप हस्तान्तरण गरेको छ । बिगत ५ दशकदेखि सर्वसाधारणलाई सेवा पुर्याउदै आइरहेको केडिया आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा चल्दै आएको छ।

सुरुवातमा ५ ओटा बेडबाट सुरु भएको अस्पताल, यो समयमा १७५ बेड मार्फत बिरामीहरुलाइ सेवा पुर्याउदै आइरहेको छ। प्रतिक्षालयमा रहने बिरामी तथा कुरुवाको सहजतालाई मध्येनज़र राख्दै मन्जुश्री फाईनान्सले आरएम केडिया अस्पताललाई एसी सहयोग गरेको छ ।

समाजको सेवामा सदैब तत्पर मन्जुश्रीले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई आफ्ना विभिन्न साखाहरु मार्फत सहयोग पुर्याउदै आइरहेको पाईन्छ।

मन्जुश्री ले हालसम्म २२ अर्ब निक्षेप संकलन गरि करिब १८।२ अर्ब कर्जा परिचालन गरेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ ।

हालको मिति सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया