२०८२ फाल्गुन ६ | Feb 18, 2026

आजदेखि ‘आ बाट आमा’ प्रदर्शनमा -बक्स अफिसमा नयाँ इतिहास रच्ने अपेक्षा

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १६
|
1.1k views


ललितपुर । आजदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आ बाट आमा’ को कथा अधिकांश नेपालीको जीवनसँग जोडिएको अभिनेता पल शाहले बताएका छन् । चलचित्र प्रदर्शन भएको पहिलो दिन दर्शक प्रतिक्रिया लिन काठमाडौँका विभिन्न चलचित्र भवन पुगेका अभिनेता शाहले आफूले चाहना राखेको भूमिका चलचित्रमा निर्वाह गर्न पाएको पनि बताए ।

उक्त चलचित्रमा अभिनेता शाहसँगै विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारले अभिनय छ । अभिनेत्री थापाले विषयवस्तुले आकर्षण गरेका कारण आफू जोडिएको बताकी छन् । चलचित्रमा रविन्द्र झा ,अंशु के सी ,हेमराज अधिकारी प्रकाश एसजेबीबाल कलाका र बाल कलाकार समिरा थापा र शान अधिकारीको पनि अभिनय रहेको छ ।


कथा , पटकथा र निर्देशन चन्द्र पन्तको रहेको चलचित्रमा अभिमन्यु निरवीको संवाद , गम्भीर बिष्ट र दिलीप ओखेडाको नृत्य निर्देशन रहेको छ । चलचित्रमा कोशिश क्षेत्री , थानेश्वर गौतम , बाबुल गिरी , अभि सुनार र चन्द्र पन्तको संगीत रहेको छ ।
चलचित्रको टिमले उपत्यका बाहिरको प्रचारात्मक कार्यक्रम पछि हिजो सामाखुसीमा प्रचारात्मक कार्यक्रम गरेको थियो । आजदेखि देशभरका हलमा प्रदर्शन भइरहेको ‘आ बाट आमा’ ले बक्स अफिसमा नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ।

आज देखि अर्को चलचित्र ‘द ब्लू लाइट’ पनि प्रदर्शनमा आएको छ । दुई चलचित्र मध्य ‘आ बाट आमा’ले उच्च शो पाएको छ । बलिराम चौहानको निर्देशनमा तयार भएको ‘द ब्लू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सुरक्षा इटानी लगायतको अभिनय रहेको छ । बेनिशा यो फिल्मको कार्यकारी निर्माता पनि हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया