मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति

BusinessPati बिजनेस पाटी
|
२०८३ असार १७
|
255 views

ललितपुर - मेचीनगर नगरपालिका–३ भावना चोकमा गएराति भएको आगलागीमा रु १६ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट घरका भाँडावर्तन, लत्ताकपडा, अन्न, आधा तोला सुनसहित रु ५० हजार नगद जलेको छ ।

      पूर्णचन्द्र रिजालको इँटा, काठ र टिनको छानो भएको दुई कोठे कच्ची घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोले घरसँगै जोडिएको गोठ पनि नष्ट भएको छ ।

      मेचीनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । आगालागीको कारण खुलेको छैन ।

       पात्रो/राशिफल  रेडियो YouTube