|
|
२०८३ श्रावण १६
1k views

ललितपुर - तीव्र हावाले आगो नियन्त्रण गर्ने अग्निशामकको प्रयासमा बाधा पुर्याएकाले दक्षिणी जर्मनीमा लागेको जङ्गली आगो शनिबार नियन्त्रण बाहिर गएर फैलिरहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
बवेरियाको माथिल्लो प्यालाटिनेटको एम्बरग–सल्जबच जिल्लाको फ्रुडेनवर्ग नजिकैको जङ्गलमा आगलागी भएको जनाइएको छ । आगलागी नियन्त्रण गर्न करिब ३३० जना आपतकालीन कर्मचारी तैनाथ गरिएको अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूले तीव्र हावा र दुर्गम भूभागका कारण आगो निभाउने प्रयास सफल हुन नसकेको आगो नियन्त्रणभन्दा बाहिर गएर फैलिरहेको जनाइएको छ ।
स्पेन, फ्रान्स र ग्रिसले भीषण गर्मीले भड्काएको विनाशकारी जङ्गली आगोसँग जुझ्दै गर्दा युरोपमा फैलिएको चरम मौसमी लहरको बीचमा यो आगलागी भएको जनाइएको छ ।

बिजनेस पाटी