एभरेस्ट ढोका उद्योगमा आगलागी

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ १५
|
663 views

ललितपुर - नेपालगन्ज उपमहानगरपालिका-२१ नयाँ बस्तीस्थित एभरेस्ट काष्ठ ढोका उद्योगमा आगलागी भएको छ । आज दिउँसो करिब ३ः०० बजे भएको आगलागी अहिलेसम्म नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानीय तहबाट आएको बारणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवराज थापाले बताउनुभयो । उहाँका अनुसार आगलागीको कारण र क्षति विवरण अझै आएको छैन ।

      काठ उद्योग भएकाले आगो नियन्त्रण गर्न निकै कठिनाइ भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube