२०८२ चैत्र २१ | Apr 04, 2026

विद्युत् चुहावटका कारण आगलागी, लाखौँको क्षति

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २९
|
714 views

ललितपुर – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब रु दुई लाख बराबरको धनमाल क्षति भएको छ ।

व्यास नगरपालिका–१ विज्ञानचौरका शिव ताम्राकार र सोही नगरपालिका–६ बाह्रबिसेका पूर्णबहादुर श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गरेको होटलमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले राससलाई बताउनुभयो । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया