ललितपुर – पोखरामा आयोजना हुन लागेको ‘आहा–रारा कप’ फुटबल प्रतियोगिताको तयारी पूर्ण भएको छ। आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका बारेमा विस्तृत जानकारी दिइयो ।
माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। स्वदेशी ८ र विदेशका ४ टोली सहभागी हुनेछन् ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, एपिएफ नेपाल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ–मर्स्याङ्दी क्लब, प्लानिङ ब्वाइज युनाइटेड र सहारा क्लब पोखरालगायत स्वदेशी टोली सहभागी हुनेछन् ।
विदेशबाट भारतको थन्डरबोल्ट युनाइटेड (सिक्किम) सहित दुई टोली, उज्वेकिस्तानको आभा फुटबल क्लब र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब प्रतियोगितामा भाग लिने छन् ।
सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार, प्रतियोगितामा पुरस्कार राशी वृद्धि गरिएको छ। विजयी टोलीलाई रु १४ लाख १ हजार र उपविजेतालाई रु ७ लाख १ हजार प्रदान गरिनेछ ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया