२०८२ आश्विन १६ | Oct 02, 2025

आइतबारको प्रि ओपन सेसनमा साढे १ अंक घट्यो नेप्से

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २५
|
51 views

ललितपुर । आज साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक घटेर बन्द भएको छ।

यसअघिको कारोबार दिन अर्थात् गत बिहीबार ५.९९ अंक घटेर २६४०.९६ विन्दुमा बन्द भएको नेप्से, आइतबार सोही सेसनमा १.६९ अंक घटेर २६३९.२६ विन्दुमा झरेको छ। आइतबारको प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६६ अंक बढेको छ।
आज सोही सेसनमा ३७ स्टकको १०६ पटकको कारोबारमा २ करोड ३ लाख ७२ हजार १४८ रुपैयाँ ४० पैसाबराबरको २७ हजार ६०४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया