आँखा अस्पतालमा बिरामी बढे

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण ३
|
255 views

ललितपुर - तापक्रम वृद्धिभएसँगै यहाँस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ ।

हाल दैनिक ४०० देखि ५०० जना बिरामी आउने गरेका छन् । यसअघि दैनिक सरदर ३०० जना सेवाग्राही आउने गरेका थिए ।

अस्पतालका निर्देशक डा. आशीष बोहराका अनुसार उपचारका निम्ति आउनेमा बालबालिका र वृद्धवृद्धा बढी छन् । सिरहा, महोत्तरी र सिन्धुलीलगायत जिल्लाका बिरामी अस्पताल आउने गरेका छन् । भारतको विहार राज्यबाट पनि बिरामी आउने गरेका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube