प्रसिद्ध गायिका आशा भोसलेको निधन

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र २९
|
816 views

ललितपुर - भारतीय सङ्गीत क्षेत्रकी दिग्गज तथा प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि अस्वस्थ रहँदै आएकी थिइन् ।

गत अप्रिल ११ को राति स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो। उनका छोरा आनन्द भोसलेले आमाको निधन भएको पुष्टि गरेका छन् ।

प्रारम्भिक रूपमा हृदयघातको चर्चा भए पनि उनकी नातिनी जनाई भोसलेले त्यसलाई अस्वीकार गरेकी छन्। उनका अनुसार आशा भोसले छातीमा संक्रमण र अत्यधिक थकानबाट पीडित थिइन् र त्यसैको उपचार भइरहेका बेला उनको स्वास्थ्य अवस्था बिग्रिएको हो ।

भारतीय सङ्गीत क्षेत्रमा पाँच दशकभन्दा लामो योगदान दिएकी भोसलेले हजारौँ गीतमा स्वर दिएकी छन् । उनको निधनले भारतीय तथा विश्व सङ्गीत जगतमा ठूलो क्षति पुगेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube