एघार अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
663 views

ललितपुर - ललितपुर – चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म पूर्वी नाका काँकडभिट्टाबाट रु ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ र मट्टितेल आयात गरिएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रु ६० करोड २० लाख १० हजारले आयात वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व ६.७० प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको सात महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु ५ अर्ब ६३ करोड ४५ लाख ७३ हजार राजस्व सङ्कलन भएको छ । यस अवधिमा रु ५ अर्ब ५३ करोड ४१ लाख बराबरको ६२ हजार ९३२ किलोलिटर पेट्रोल तथा रु ३ अर्ब ८१ करोड २८ लाख मूल्यको ४० हजार ३५२ किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, रु १ अर्ब ४६ करोड ३१ लाख बराबरको १४ हजार ९९९ मेट्रिकटन एलपी ग्यास, रु ४३ करोड ५८ लाख बराबरको ४ हजार ७३६ किलोलिटर एटिएफ, र रु ११ करोड ३० लाख बराबरको १ हजार २१२ किलोलिटर मट्टितेल आयात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिनुभएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube