रामेछापमा बस दुर्घटना: ४ जनाको मृत्यु, ६ घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २७
|
816 views

ललितपुर - ललितपुर – रामेछाप सदरमुकाम मन्थली नजिक यात्रुबाहक बस दुर्घटनामा परेको छ। दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो।

रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार बस नदीमा डुबेकाले यात्रु उद्धारमा कठिनाइ भइरहेको छ। उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल पुर्‍याइएको छ।

प्रहरीले घटनाको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।

 पात्रो/राशिफल  रेडियो YouTube