ललितपुर - ललितपुर – धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएका तीन जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) का अनुसार, मोटरसाइकल दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा मृत्यु भएको छ ।
प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार मृत्यु हुनेमा सुप प्र०१-०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओली रहेका छन् । सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका–६ का २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका छन् र उपचार जारी छ ।
यस्तै, सुप प्र०१-००९प७७८१ नम्बरको मोटरसाइकल चालक गोदावरी नगरपालिका–१ का २६ वर्षीय योगेन्द्र शाह र पछाडि बस्ने २३ वर्षीय हरिश पार्कीको पनि मृत्यु भएको छ ।
नायब उपरीक्षक चन्दले बताउनुभयो, ‘घटनास्थलको प्रकृतिले देखाउँछ कि मोटरसाइकलको गति प्रतिघन्टा १०० किलोमिटरभन्दा बढी थियो, पाङ्ग्रासहितका पाटपुर्जा उछिट्टिएका छन् । योगेन्द्र शाह यसअघि पनि दुई पटक मोटरसाइकल दुर्घटनामा घाइते भएका थिए ।’
प्रहरीका अनुसार, मृतक हरिश ओली गोदावरीमा विवाहमा सहभागी भएर धनगढीतर्फ फर्कंदै गर्दा दुर्घटना भएको थियो ।

बिजनेस पाटी