टिपर दुर्घटनामा चालकको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८३ असार ८
|
408 views

ललितपुर - तनहुँ स्थानीय बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

      उहाँका अनुसार ग१क ५४६६ नम्बरको तीव्र गतिमा रहेको टिपरका चालकले नियन्त्रण गुमाउँदा टिपर दुर्घटनामा परेको थियो ।

      दुर्घटनामा गम्भीर घाइते चालक श्रेष्ठको सैनिक अस्पताल पोखरा उपचारको क्रममा आज मृत्यु भएको हो ।

       पात्रो/राशिफल  रेडियो YouTube