मकवानपुरको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १०
|
561 views

ललितपुर - ललितपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।

वीरगन्जबाट चितवनतर्फ गइरहेको बा प्र ०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत्को पोलमा ठोक्किँदा २२ जना यात्रु घाइते भएका हुन् ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाइएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube