ट्रयाक्टर’ले एक जना किचेर मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र १०
|
918 views

ललितपुर - पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक ट्रयाक्टरले किचेर बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही टोलका १७ वर्षीय आकाश रामको मंगलबार मृत्यु भएको छ ।

ट्याक्टरबाट खसेका उनीलाई सोही ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो । फरार चालकको खोजी भइरहेको उहाँले बताउनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube