२०८२ चैत्र २१ | Apr 04, 2026

उदयपुरगढी गाउँपालिकामा बस दुर्घटना : १५ जना घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
408 views

उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मदन भण्डारी सडक मार्गमा कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा२ख ६२५७ नम्बरको ओखलढुङ्गे डिलक्स बस गोलाइमा अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा कटारी–६ की ६० वर्षीया सोममाया परियार, ताप्लीकी २० वर्षीया मोनिका मगर, १९ वर्षीया पवित्रा श्रेष्ठ, ७८ वर्षीय दलबहादुर तामाङ, १५ वर्षीय प्रेम तामाङ र १४ वर्षीय सुजन तामाङ तथा कटारीका २५ वर्षीय अनिल चौधरी रहेका छन् ।

यस्तै घाइतेमा त्रियुगा–१२ की २१ वर्षीया रेविका बस्नेत र २० वर्षीया रेस्मा बस्नेत तथा उदयपुरगढीका १० वर्षीय दिवश तामाङ रहेका छन् । घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ भने बाँकीको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया