|
|
२०८२ फाल्गुन १२
408 views
ललितपुर - ललितपुर – बागमती गाउँपालिका–८ तल्लो भवानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
फापरबारीबाट हात्तीसुडेतर्फ जाँदै गरेको प्र३–०२–००५प १००८ नम्बरको मोटरसाइकल सोमबार राति नालामा खस्दा चालक मकवानपुरको बकैया–८ बस्तीपुरका ४० वर्षीय प्रेमबहादुर गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका गोलेको उपचारका क्रममा हेटौँडा अस्पताल मा मृत्यु भएको प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिनुभयो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिजनेस पाटी