सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
459 views

ललितपुर - ललितपुर – सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

दुहबी नगरपालिका–५ का ३२ वर्षीय विजय ऋषिदेव र सप्तरी जिल्ला छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।

आज बिहान बराहक्षेत्र नगरपालिका–११ गुप्ताटोलस्थित भित्री सडकमाको २५ प १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ऋषिदेव गम्भीर घाइते हुनुभएको थियो । उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा दुहबी–५ का दिपेन ऋषिदेव घाइते हुनुभएको छ र उपचार भइरहेको छ।

त्यसैगरी इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गमा कारले ठक्कर दिँदा पैदलयात्री गिरिजानन्द साहको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको कारले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो।

कार अनियन्त्रित भई टेम्पोलाई समेत ठक्कर दिँदा टेम्पो चालक र अन्य यात्रु सामान्य घाइते भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरी ले जनाएको छ।

 पात्रो/राशिफल  रेडियो YouTube