ललितपुर - ललितपुर – सुनसरी जिल्लाको इटहरी नगरपालिका–१० मा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा अजयकुमार चौधरीको मृत्यु भएको छ । दुर्घटना अपराह्न भएको हो र टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–१ स्थित ताराखोला सडकमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृतक नुवाकोटको विदुर नगरपालिका–६ का जैबहादुर तामाङ रहेको प्रहरीले पुष्टि गरेको छ ।
अन्य घटनामा पशुपति क्षेत्र स्थित किरियापुत्री भवन नजिक परिचय नखुलेका एक पुरुष मृत फेला परेका छन् । साथै मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका–७ का लोकबहादुर भुजेल, दाङ जिल्लाको घोराही नगरपालिका–१३ का निकास घर्ती र काभ्रे जिल्लाको बनेपा नगरपालिका–६ मा डेरामा बस्दै आएका पाँचथर जिल्लाका धनबहादुर सुब्बा मृत भेटिएका छन् ।
प्रहरीले सबै घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

बिजनेस पाटी