२०८२ चैत्र २१ | Apr 04, 2026

नवलपरासीमा पाँचवटा सवारीसाधन ठोक्किँदा आठ घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २७
|
714 views

ललितपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले एकतर्फी सडकमा ओभरटेक गर्ने क्रममा ती सवारीसाधन ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की र सोही मोटरसाइकल पछाडि सवार रास्कोट–७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते हुनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया