|
|
२०८२ माघ ९
969 views
ललितपुर । गौर-पिपरा सडकखण्डको राजदेवी नगरपालिका पथरामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई युवकको ज्यान गएको छ ।
प्रहरीका अनुसार प्र०२–०३–०१८ प२३४६ र भारतीय नम्बर बीआर ३० ए एफ २३७० को मोटरसाइकल तीव्र गतिमा हिँडिरहेका बेला ठोक्किएका थिए। दुर्घटनामा दुर्गाभगवती गाउँपालिका-का अशोक महतो र राजदेवी नगरपालिका-२ का अरविन्द महतो गम्भीर घाइते भएका थिए ।
घाइतेलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी प्रवक्ता विष्णुप्रदीप बस्यालले जानकारी दिएका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया