दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १३
|
1k views

ललितपुर - घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो ।

गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्तीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube