२०८२ फाल्गुन ६ | Feb 18, 2026

पृथ्वी राजमार्गमा बसको ठक्कर बाट एक जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २०
|
459 views

ललितपुर – पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित केबुलकार गेट नजिक आज बिहान बसको ठक्करबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–२ निवासी अन्दाजी ३४ वर्षीय जीवन परियार रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३६८ नम्बरको बसले बिहान ८ः५३ बजे परियारलाई ठक्कर दिएको थियो ।

घाइते परियारलाई उपचारका लागि भरतपुर लगिएको भए पनि बिहान १०ः२७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार बसका चालक कैलाली लम्कीचुवा नगरपालिका–१२ निवासी ४२ वर्षीय सुभाष विश्वकर्मा र सम्बन्धित बसलाई इलाका प्रहरी कार्यालयको नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया