|
|
२०८२ चैत्र २३
255 views
ललितपुर - तानसेन (पाल्पा) ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको रामपुर नगरपालिका–३ गैलुकमा आज बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा चालक रामपुर नरपालिका–४ बाङ्गेपसलका ५२ वर्षीय टेकबहादुर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताउनुभयो ।
स्थानीय दुर्गबहादुर मल्ल ठकुरीको बारी जोत्दै गरेको लु३त ७२५ नम्बरको ट्याक्टर घुमाउने क्रममा अचानक बारीमै पल्टिँदा आलेलाई ट्याक्टरले च्यापेको थियो । उहाँको घटनास्थलमा नै ज्यान गएको हो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया