ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्युु

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २८
|
1.4k views

ललितपुर - ललितपुर – काठमाडौँको मूलपानी पुलमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा पछाडि सवार एक महिलाको उपचारकै क्रममा मृत्यु भएको छ ।

मङ्गलबार कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित पुलमा भएको दुर्घटनामा ४६ वर्षीया रोशना दुवाल गम्भीर घाइते भएकी थिइन् । उनका अनुसार स्कुटरको पछाडि सवार दुवाल उपचारका लागि अस्पताल पुर्याइएकी थिइन्, तर आज उनको उपचारकै क्रममा निधन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार दुर्घटनाका समयमा मूलपानीबाट दुवाकोटतर्फ जाँदै गरेको बा३ख ३९५४ नम्बरको ट्याङ्करले स्कुटरमा ठक्कर दिएको हो। स्कुटरको चालक २३ वर्षीया निलिसा दुवालले चलाउँदै थिइन्, र मृतक दुवाल त्यही स्कुटरको पछाडि सवार थिइन् । स्कुटरको नम्बर बागमती प्रदेश–०२–०४३ प २७२६ हो ।

प्रहरीले ट्याङ्कर चालक, नुवाकोटको दुप्चेश्वर घर भएका २३ वर्षीय महाविर तामाङलाई नियन्त्रणमा लिएको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।


 पात्रो/राशिफल  रेडियो YouTube