रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ २८
|
153 views

ललितपुर - रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बल्लेखोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिरहेकै अवस्थामा अचानक सडक भाँसिएर दुर्घटना हुँदा सल्यानको बागचौर नगरपालिका–४ दुदिलाबोट निवासी ४७ वर्षीय चन्द्रबहादुर बस्नेतको निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले बताउनुभयो ।

ट्रकका सवारी चालक घाइते भएका छन् । माडी गाउँपालिका–१ पात्लेस्थित बल्ले–झिनुवाभित्री सडकमा रा १ ख ३०४५ नम्बरको उक्त ट्रक दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube