इराकमा अमेरिकी सेनाको विमान दुर्घटना, चार जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २९
|
714 views

ललितपुर - ललितपुर – अमेरिकी सेनाको एक सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । युनाइटेड स्टेट्स सेन्ट्रल कमान्ड (USCENTCOM)ले जानकारी दिँदै, दुर्घटनामा परेको विमान बोइङ केसी–१३५ स्ट्राटोट्याङ्कर प्रकारको रिफ्युलिङ (इन्धन भर्ने) विमान रहेको जनाएको छ । विमान पश्चिमी इराकमा दुर्घटनाग्रस्त भएको थियो ।

कमान्डका अनुसार विमानमा छ जना चालकदल सदस्य सवार थिए । चार जनाको मृत्यु पुष्टि भइसकेको छ भने बाँकी दुई जनाको उद्धार र खोजी कार्य जारी रहेको छ ।

USCENTCOMले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुर्घटना मार्च १२ को दिउँसो करिब २ बजे भएको जनाएको छ ।

घटनाको कारणबारे कमान्डले प्रारम्भिक रूपमा शत्रु वा आफ्नै सेनाको गोलीबारीबाट नभएको स्पष्ट पार्दै, वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायहरूले विस्तृत अनुसन्धान जारी राखेको बताएका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube