नयाँबानेश्वरमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १९
|
765 views

ललितपुर - ललितपुर – काठमाडौँको नयाँबानेश्वरमा ट्रिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । आज बिहान करिब ८ः४५ बजे मिनभवन सिभिल अस्पताल अगाडि फोहर बोक्ने ट्रिपरले स्कुटरलाई ठक्कर दिएको हो । ट्रिपर चालक २६ वर्षीय विकास थापा मगर गोर्खा भूमिचोक स्थायी घर भई हाल पेप्सीकोलामा बस्दै आएका छन् । उनले चलाएको बा२क ३२२९ नम्बरको ट्रिपर तीनकुनेतर्फ आइरहेको थियो ।

४८ वर्षीय स्कुटर चालक बद्री कोइराला सुनसरी इनरुवा–५ स्थायी घर भई हाल भक्तपुर लोकन्थलीमा बस्दै आएका थिए । उनी प्र३–००१ब ९४५ नम्बरको सरकारी स्कुटर चलाएर तीनकुनेतर्फ जाँदै थिए ।

ठक्करबाट गम्भीर घाइते भएका कोइरालालाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । तर, बिहान ८ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube