२०८२ माघ २९ | Feb 12, 2026

तनहुँको कोलडाँडामा जीप दुर्घटना, एकको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ११
|
1.6k views

ललितपुर । तनहुँको म्याग्दे गाउँपालिका–४, कोलडाँडामा भएको जीप दुर्घटनामा १३ वर्षीया किशोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार कोलडाँडा–थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ जाँदै गरेको ग३च ५८३८ नम्बरको जीप आज बिहान सडकबाट करिब २० मिटर तल खसेको थियो । दुर्घटनामा म्याग्दे–४ कोलडाँडाकी कोइस्का घर्तीको ज्यान गएको हो ।

गम्भीर घाइते अवस्थामा रहेकी घर्तीलाई बिहान ८ः४० बजे प्रदेश अस्पताल दमौली पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा सोही स्थानका १५ वर्षीय दिपसन घर्ती घाइते भएका छन् र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि जीप चालक ३० वर्षीय वसन्त घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया