२०८२ फाल्गुन २ | Feb 14, 2026

बस दुर्घटनामा छ विद्यार्थी घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ७
|
13.4k views

ललितपुर — नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा आज बस दुर्घटना हुँदा छ जना विद्यार्थी घाइते भएका छन् । झापाको बिर्तामोडस्थित निभी आदर्श कलेजका कक्षा १२ मा अध्ययनरत ३५ विद्यार्थी बोकेको ग१ख ९५४६ नम्बरको बस शैक्षिक भ्रमणका क्रममा पोखराबाट गैँडाकोटतर्फ आउँदै गर्दा ब्रेक फेल भई भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये चार जनाको बुलिङटार अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ । भरतपुर रिफर गरिएका विद्यार्थी बिर्तामोड नगरपालिका–८ का १८ वर्षीया उन्नति पाठक र १८ वर्षीय गगन नेचे रहेका छन् । स्थानीय अस्पतालमा उपचाररत घाइतेमा १८ वर्षीय अनिल जयसवाल, १८ वर्षीय अङ्कित सिटौला, १८ वर्षीय साङनुमा लिम्बू र १७ वर्षीया पवित्रा गुरुङ रहेका छन् । बस र चालक इलाका प्रहरी कार्यालय बुलिङटारको नियन्त्रणमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया