उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण १४
|
408 views

ललितपुर - उच्च अदालत वीरगञ्जका २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी छ ।

आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका मुद्दामध्ये दुई हजार ३७८ मुद्दा फछ्र्योट हुन बाँकी रहेको हो । दर्ता भएका तथा जिम्मेवारी सरेका समेत कूल आठ हजार २२४ मुद्दा उच्च अदालत वीरगञ्जमा दर्ता भएका थिए । जसमध्ये आव २०८२/०८३ मा पाँच हजार ८४६ मुद्दा फछ्र्योट भएका छन् ।

    उच्च अदालत वीरगञ्जले आज पत्रकार सम्मेलनको आयोजना गरी आव २०८२/०८३ मा ७१ दशमलव शून्य आठ प्रतिशत मुद्दा फछ्र्योट भएको जनाएको छ ।

      आव २०८०/०८१ मा आठ हजार मुद्दामध्ये चार हजार ५२८, आव २०८१/०८२ मा कुल ८ हजार ३२९ मुद्दामध्ये चार हजार ७३५ थान मुद्दा फछ्र्योट गरिएको थियो ।

      उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगीले आर्थिक वर्ष २०८२/१८ महिना नाघेका २१ मुद्दा रहेको जानकारी दिए ।

       पात्रो/राशिफल  रेडियो YouTube