|
|
२०८३ बैशाख २२
204 views

ललितपुर - सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार वैशाख २८ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरिएको छ ।
अब राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक तय मितिमा बस्नेछ ।
सरकारले हालै जारी गरेका अध्यादेशहरू, समसामयिक राजनीतिक विषय र विधेयकहरू अघि बढाउने उद्देश्यले अधिवेशन बोलाइएको बुझिएको छ ।

बिजनेस पाटी


