|
|
२०८२ माघ १५
969 views
ललितपुर – बिहानैदेखि बाक्लो कुहिरो र हुस्सुका कारण ठप्प भएका देशभरिका आन्तरिक उडानहरू अब सुचारु भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार, काठमाडौँ, विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा बिहान उडान प्रभावित भए पनि दिउँसोको समयमा मौसम सुधारसँगै अधिकांश उडान फेरि सुरु भएका छन् ।
हाल भरतपुर, टुम्लिङटार र नेपालगञ्ज बाहेकका सबै आन्तरिक उडान सामान्य अवस्थामा छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया